कलैया : लमखुट्टे सम्म नियन्त्रण गर्न नसक्ने यो कस्तो उपमहानरपालिका ?

३० चैत्र २०७४, शुक्रबार ११:५९

२०४६ सालमा स्थापना भएको तत्कालीन कलैया उपमहानरपालिका बिभिन्न बाधा, अवरोध र आन्दोलन पश्चात उपमहानरपालिकामा परिणत भयो । कर्मचारी तन्त्रलाई हटाउँन र बिकास नयाँ गति लिन स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । उपमहानरपालिकामा मेयर सहित बिभिन्न वडाहरुमा वडाअध्यक्ष र वडा सदस्य निर्वाचित भएर आए तर उपमहानरपालिका बिल्ला ओढेको कलैया के साच्चै उपमहानरपालिका हुन लायक छ ?

आम जनताले त बिकासको काम के भनौं लामखुट्टेलाई नियन्त्रण गर्न बारम्बार मेयर तथा वडाअध्यक्षहरुलाई गुहार गर्दा पनि कलैया उपमहानरपालिकामा लामखुट्टे नियन्त्रण हुन सकेको छैन । बिहान, बेलुका, रातमा, खाना खाने टाईम लामखुट्टेले टोकाई गर्दा आम जनताको मन मनै भन्छन् “के साच्चै कलैया उपमहानरपालिका लायक छ ?”

यसो होईन कलैया उपमहानरपालिकामा लामखुटटे नियन्त्रण गर्न प्रयास गरिएको होईन तर तयो प्रयास झारा टार्ने काम भन्दा बढि देखिदैन । कलैया उपमहानरपालिकाका मेयर राजेश यादवले एक महिना पहिले कलैयालाईभ संग कुरा गर्दै भनेका थिए ”भारतको मुम्बईबाट लामखुट्टेको औषधि छर्न ठुलो मेशिन ल्याउँन आर्डर गरिएको छ ” तर मेयरसाब त्यो मेशिन हाल सम्म कहिकतै कलैयामा देखिदैन ।


प्रतिक्रिया दिनुहोस् ।