ऐतिहासिक, पर्यटकिय क्षेत्र सिम्रौनगढ बिशेष

९ मंसिर २०७४, शनिबार ०४:५४

बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुर्वी भेगमा करिब २० कि.मि. टाढा रहेको सिम्रौणगढ आफ्नो ऐतिहासिक पृष्ठभुमी बाकेको नेपालको सांस्कृतिक सम्पदा मध्ये एक हो । मिथिला उत्सकर्ष देखी अवसान सम्म बारा १२ वटा दुर्गहरुको माझमा रहेको दुर्गलाई बारा गढि र सो बाटै बारा  जिल्लाको नामाङ्कन गरीएको र ति १२ गढिहरु मध्ये एउटा सिम्रौणगढ पनी हो । मिथिला गणराज्यको यो क्षेत्र ११ सताब्दीमा डोय राजाहरुको आगमन पछि सिम्रौणगढ राजधानी भई पुनः उन्नती तर्फ लम्कियो । सिम्रौणगढ भुभाग कहिले पनी दासत्वमा गएन बरु यस भागका नागरीकहरुले समेत बिदेशी आक्रमणको संगठित र सक्रिय बिरोध गरी संघर्षमा ओर्लिएको देखा पर्छ । मिथिला गणराज्य बिघठन र खस समराज्यको अवसान पछि कर्णाटकबाट आएका निर्वासित राजकुमार नान्यदेवले सन् १०६७ मा तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दा नान्यपुरी नाम भएको सदरमुकामलाई छाडेर यस सिम्रौणगढलाई राजधानी बनाएका थिए । डोय राजाहरु मध्ये राजा शिव सिंहले राज्य बिस्तार गर्दा मिथिला गणराज्यले शासन गरेको सम्पुर्ण भुभाग समेत मकवानपुर, पाल्पा देखी गोरखपुर सम्म राज्य बिस्तार गरी लोक आख्यानहरुमा नायक सबई सिंहका नामले प्रसिद्धि प्राप्त गरे तथा सिम्रौणगढ बन दुर्गलाई चारै तिर बारकोस अर्थात ६ स्क्वाएर कि.मि. परकोटाले सरक्षित सम्बृद्ध नगरको रुपमा कायम गरे । १३ औं सताब्दीको अन्त्यमा दिल्लीका मुसलमान बादशाह बलवनको वर राज्य लिप्साको चपेटामा परी सम्सुद्दिन भन्ने सेनापती द्धारा अन्तिम डोय राजा हरिसिंह देवका पालमा सिम्रौणगढ ध्वस्त भएको हो । त्यस समयमा मुस्लिम सामराज्य भित्राउने नाममा ऐतिहासिक, धार्मिक, मठ, मन्दिर, मुर्ती अङ्गभङ्ग गरीएको हो । सम्सुद्दिनको आक्रमणमा ध्वस्त हाल भगवती मन्दिर रहेको छेउ नै त्यस बेला आगोले डरेको चामलको दाना पाईन्छ रानीबास नामले पोखरी र दरबारका भगनावशेष रहेका छन् । सो मध्ये दरबारको एउटा स्तम्भको शिर्षलाई स्थानीय बासिन्दाहरुले सन्दुक र बक्सा भन्दछन् । त्यसको बिशेषता पुरातात्विक उत्खनन् तथा अनवेषणलाई निम्त्याउछ । प्रथम शासक नान्यदेव देखी हरि सिंह देव सम्मको राज्यकालमा डोय राज्यले आफ्नो गढि गौडा प्रशासनिक केन्द्र रहेका सबै स्थलहरुमा बिन्दवासिनी अथवा तुलजा वा तलेजु भगवतीको पुजा स्थलको स्थापना गरी आफ्नो कुलदेबीलाई प्रतिष्ठित गरेका थिए । सिम्रौणगढको मुख्य मुती तुलजा (हाल कंकाली) मा स्थापीत प्राणशिलालाई आफ्नै पिठ्युमा बोकि अन्तिम डोय राजा हरिसिंहले जङ्गलको बाटो गरी आफ्नो राज्य छोडि काठमाण्डौ तिर पलायन गरे पछि उनको छोराको बैवाहिक सम्बन्धले भत्तपुरको मल्ल राज्यमा शक्तिशाली भएका हरि सिंहका सन्तानले उनको नातीका पालामा भक्तपुर दरबार भित्र कुलदेविका रुपमा स्थापना गरे । कान्तिपुर र ललितपुर समेत जित्ने तिनकै सन्तानले मल्ल राज्य वंसकै कुल देविका तलेजु भवानी हनुमान ढोकामा तलेजु मन्दिर बनाई सोहि प्राणशिलालाई भक्तपुरबाट लगी स्थापना गरे र कालान्तरमा मुर्ति स्वरुप नभएको तलेजुको प्रतिरुप वा प्रतिकाका रुपमा जिवित (कुमारी) का रुपमा पुजा प्रारम्भ गरे ।

सिम्रौनगढ रानिबास

यो रानिबास मन्दिर जसलाई हाल रामजानकि मन्दिरका रुपमा पनि चिनिन्छ । बाह्रौ शताब्दिमा तत्कालिन सिम्रौनढका राजा श्री शिवसिंहको निवास स्थान अर्थात राजदरबार थियो त्यस पश्चात श्री ३ जंगबहादुर राणाको छोरा श्री जितजंग जबराले बिक्रम संवत १९७७ सालमा उक्त शिवसिंहको दरबारलाई भत्काई रानिबास नामक मन्दिर बनाउन लगाए र त्यस भित्र रामजानकीको मन्दिर स्थापना गराए ।डोय (कर्णाटक) बंशको राजधानी ११ औं देखी १४ औं शताब्दी सम्ममा अन्दाजी ३६ बर्ग कि.मि. घेरा जङ्गल बिच अवस्थित नगर दुर्ग । हाल ससाना गाँउमा बिभाजित सिम्रौणगढको केन्द्रमा नेपाल अधिराज्यकी कुलदेबी तलेजु (तुलजा) भवानी साविक स्थान स्थानीय बासिन्दाले हाल कंकाली माई भनी पुजा गर्ने गरेको अङ्गभङ्ग भएको मुर्ती राखिएको मन्दिर र रानीबासको रामजानकी मन्दिरको निमार्ण र स्थापना महारथी जगतजंगले आफ्नो बाबु जङ्गबहादुरको सम्झनामा नेपाली तथा स्थापत्य कला झल्किने गरी गरेका हुन् ।

सिम्रौणगढ इशरा पोखरी

सिम्रौणगढ क्षेत्रको ऐतिहासिक र महत्वपुर्ण रमणिय स्थल कंकाली पोखरी, कंकाली माईको छेउमा नै अवस्थित छ । बि.सं. १२ औं शताब्दी तिर तत्कालीन राजा शिव सिंहले आफ्नो छोरी इश्वरी सिंहको नाँउमा खनिएको यस पोखरीलाई इश्वरा (इशर) नामले पनी चिनिन्छ । अन्दाजी करिब ७ बिगाह भन्दा बढि रहेको पोखरीको वरीपरी ड्यामलाई तत्कालीन रुपमा नै इटाले बाधिएको छ । यस पोखरीको अत्यन्त रोचक बिशेषता के रहेको छ भने यस पोखरीमा प्रत्येक असोज देखी चैत्र समान्त सम्म प्राय सिल्लि, गौरी, लालसर, डुम्मर आदी बिभिन्न जातका चराहरु सयौं, हजारौको सख्यामा जलबिहार गर्ने र मनबिभोर गर्ने गर्दछन् । सिम्रौणगढ क्षेत्रको एउटा महत्वपुर्ण दर्शनिय स्थलको रुपमा रहेको दुर्लभ पक्षीहरुको अध्ययनकर्ताहरुको लागि सुनौलो अवसरको रुपमा रहेको यस ऐतिहासिक पोखरीलाई उचित संरक्षण र सम्द्धन गर्ने हो भने यो क्षेत्रले बारा जिल्लाको मात्र होइन कि देशकै एउटा महत्वपुर्ण पर्यटकिय क्षेत्रको रुपमा गरीमा बढ्नेछ ।

स्रिमौणगढकि इशरा

इशरा बारे प्राप्त भएको थप जानकारी यसमा समावेश गरिएको छ । इशरा के हो ? सिम्रौणगढलाई इशरा किन भनिन्छ ? कंकाली माईको मन्दिर निर रहेको पोखरीलाई र यहाँ लाग्ने बजारलाई पनी इशरा बजार भन्ने प्रचलन छ । यसको कारण के हो यस सम्बन्धमा कहि जानकारी यस्तो पनी छ । इशरा कुनै बस्तु वा बिशेषण होइन, इशरा सिम्रौणगढको इतिहासको एक प्रमुख पात्र हो उसमा देन पनी महान् छ । जहाँ नान्यदेव (सिम्रौणगढको प्रथम शासक) सत्य हो त्याँहा नान्यदेव संग सम्बन्ध राख्ने पात्रहरुलाई किन किन्बदन्ती एंव अबिश्वासको श्रेणिमा राख्ने नान्यदेवले सिम्रौणगढलाई राजधानी बनाए पश्चात सिम्रौणगढको माझमा रहेको शासक नान्यदेवको दरबारमा चाकरनीको रुपमा परम सुन्दरी इशरा काम गर्थिन् । राजा नान्यदेवले इशरालाई आफ्नौ बैठक कोठाको सरसफाईको काम सुम्पेका थिए । राज्यको वरीपरी रहेको बनजङ्गलमा एउटा चमत्कारी भुत बस्थ्यो सो भुतको इशरा उठबस थियो । इशराको आदर सत्कारले गर्दा भुतलाई इशरासंग प्रेम बस्यो । इशराको भुतसंगको सम्बन्ध राजा नान्यदेवले चाल पाएर कुराको यर्थाथ जान्न इशरासंग सोधपुछ गरे इशराले पनी सबै बृतान्त  सबिस्तार राजालाई सुनाइन राजा नान्यदेव यो कुरा सुनी धेरै खुशी भए राज्यको बिकास निमार्ण कार्यमा अलौकिक शक्तिले सहयोग गरे पछि छिमेकि राज्यको तुलनामा यस राज्यले धेरै बिकास गर्यो । बिकसित राज्य सिम्रौणगढलाई बिशेष सुरक्षाको खाचो पर्यो राजालाई राज्यको सुरक्षा कसरी सम्भव हुन्छ भन्ने सोचले चिन्तित बनायो तर सुरक्षाको लागि राज्यको चारै किल्ला बनाउन साधन श्रोत प्रयाप्त थिएन । राजाको जिज्ञासा इशराले आफ्नो कर्तब्य ठानी राजाको उक्त काम बारेमा भुतसंग कुरा राखिन भुतले पनी इशरालाई सहयोग गर्ने बचन दिएर भन्यो चित्ताको कुरा छैन यो मेरो बाँया हातको कुरा हो भुतले एकै रातमा एउटा सुन्दर गढको निमार्ण गर्दियो । इशराले चाहेको भए आफ्ना लागि जेपनी माग्न सक्थिन तर देश प्रतिको माया र राजा र देश समक्ष जुन भावना देखाइन त्यो इतिहासले बिर्सिने छैन । राजा नान्यदेव उनी संग खुशी भएर इशराको ठुलो महान कामको सम्मान राख्न राजाले राज्यको मुख्य बजारको र पोखरीको नाम इशरा पोखरी र इशरा बजार राखेछ । त्यहि दिन देखी आज सम्म सिम्रौणगढ बजारलाई इशरा बजार र कंकाली मन्दिर निर रहेको ठुलो पोखरीलाई इशरा पोखरी भन्ने चलन छ ।


प्रतिक्रिया दिनुहोस् ।